कर्मचारीमा कोभिड संक्रमण देखिएपछि कुवेतस्थित नेपाली दूतावासको सेवा बन्द

कुवेत सिटी । कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि कुवेतमा रहेको नेपाली दूतावासले सेवा बन्द गरेको छ।
दूतावासले आइतबार सूचना जारी गर्दै सेवाग्राहीले भौतिक रुपमा उपस्थित भइ लिनुपर्ने सम्पूर्ण सेवा बन्द गरिएको जनाएको हो।
दूतावासले अर्काे सूचना जारी नभएसम्म सेवा बन्द हुने बताएको छ।
यो अवधिमा अत्यावश्यक सेवा लिनुपरेमा दूतावासको हटलाइन नम्बर ९८८६९१२१, टेलिफोन नम्बर २५३२१६०३ तथा eonkuwait@mofa.gov.np इमेलमार्फत सम्पर्क गर्न सुचित गरेको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर