अभिनेत्री मन्दिरा बेदीका श्रीमानको हद्यघातका कारण निधन

दिल्ली । क्रिकेट कमेन्ट्रीबाट अभिनयको यात्रामा निस्किएकी मोडल मन्दिरा बेदीको फिल्म निर्माता श्रीमान राज कौशलको बुधबार ४९ वर्षको उमेरमा निधन भएको छ। उनको निधन बिहान साढे ४ बजे हद्यघातबाट भएको परिवारिक श्रोतले बताएका छन् । अन्त्येष्टीका लागि बिहान ११ बजे उनको पार्थिव शरीर घरबाट निकाल्दा मन्दिरा रुँदै गरेको तस्वीर भाइरल भएपछि यस कुराको पुष्टी भएको हो।
राजले अभिनयबाट करिअर सुरु गरेका थिए। उनले ‘प्यार मे कभी कभी’, ‘शादीका लड्डु’ र ‘एन्थनी कौन है’ जस्ता फिल्ममा निर्देशन गरेका थिए। मन्दिरा र राजको बिहे १४ फेब्रुअरी १९९९ मा भएको थियो। उनीहरूको एक छोरा र एक छोरी छन्। उनीहरूले गत वर्ष मात्र तारा नाम कि एक छोरीलाई पालेका थिए।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर