३ जुलाइदेखि मस्कट–काठमाडौँ उडान हुने

मस्कट । दुई महिनादेखि रोकिएको मस्कट–काठमाडौं उडान ३ जुलाइदेखि सूचारु हुने भएको छ ।
मन्त्री परिषद् बैठकले ओमनको लागि हप्तामा एक उडान स्वीकृति दिएसँगै ३ जुलाइमा सलाम एयरले उडान भर्न लागेको हो ।
गैरआवासीय नेपाली सोसल क्लब ओमनका अनुसार सलामले एयरले ३ जुलाइदेखि सातामा एक उडान नियमित भर्नेछ।
क्लबले सलाम एअरको अफिसियल वेव साइटबाट वा उसकाे अफिसमा सम्पर्क गरेर टिकट खरिद गर्न आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय उडान बन्द भएपछि घर विदामा गएर ओमान फर्किन नपाएका तथा विभिन्न काम विशेषले देश फर्किन नपाइरहेका श्रमिकमा समस्या थपिएको थियो
हप्तामा एउटा उडान हुँदा नेपाली श्रमिकले ठूलो राहत पाउने अपेक्षा गरिएको छ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर