कुवेतबाट दोहा हुँदै ४ नेपाली श्रमिकको शव काठमाडौं पठाइदै

कुवेतबाट दोहा हुँदै ४ नेपाली श्रमिकको शव काठमाडौं पठाइदै

कुवेत सिटी । काठमाडौंका लागि सिधा उडान नभएपछि कुवेतमा ज्यान गुमाएका ४ नेपाली श्रमिकको शव दोहा ट्रान्जिट बनाएर पठाइदैछ।

उडान रोकिदा अड्किएका ४ वटा शव आइतबार राति कतार एयरलाइन्समार्फत दोहा हुँदै काठमाडौं पठाउन लागिएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले प्रवास खबरलाई जानकारी दिए।

उनका अनुसार एक महिलासहित ४ नेपालीको शव पठाइदैछ । मृतक मुना राई,सोमप्रसाद दाहाल, मेडी मुसलमान, र राम शरण मण्डलको शव पठाउन लागिएको हो।

नियमित उडान बन्द हुँदा दूतावासलाई शव पठाउन मुस्किल परेको थियो । पछिल्लो समय सरकारले दोहाको लागि उडान अनुमति दिएपछि दूतावासले कतार विकल्प पाएको हो।

शव सोमबार बिहान सबा ९ बजे काठमाडौं पुग्नेछन् ।