कुवेत विमानस्थलमा यात्रुले अतिरिक्त शुल्क तिर्नुपर्ने, सांसदको आपत्ति

कुवेत सिटी। कुवेतको नागरिक उड्डयन प्राधिकरणले देशभित्र प्रवेश गर्ने तथा बाहिरिने यात्रुका लागि विमानस्थल शुल्क अर्थात ‘एयरपोर्ट ट्याक्स’ लागु गरेको छ।
१ जुनदेखि लागू भएको नयाँ नियमअनुसार कुवेत छोड्ने यात्रुले ३ कुवेती दिनार तथा प्रवेश गर्नेले २ दिनार तिर्नुपर्ने छ।
नागरिक उड्डयनले लागु गरेको नयाँ नियमको विषयमा भने कुवेती सांसद मारजक अल–खलिफाले प्रश्न उठाएका छन्।
उनले प्रश्न गरेका छन्, ‘यी शुल्क नागरिक र आप्रवासीमा लागु हुने हो भने यात्रुले अतिरिक्त के सुविधा पाउँछन्?’ उनले यात्रुमाथि लगाइने करको कारण खुलाउन पनि चुनौती दिएका छन्। ‘यो नियम लागु गर्नुअघि कानुनी सल्लाह लिनुपथ्र्यो वा कानुनी विभागसँग परामर्श लिनु पथ्र्यो,’ सांसद अल–खालिफाले विभागसँग रायसहितको स्पष्टीकरण माग गरेका छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर