यूएईमा कोरोना संक्रमित एक एसियाली युवाले श्रीमतीकै अगाडी पुलबाट हाम्फालेर आत्महत्या गरे

यूएईमा कोरोना संक्रमित एक एसियाली युवाले श्रीमतीकै अगाडी पुलबाट हाम्फालेर आत्महत्या गरे फाइल फोटो

दुबई। कोरोना संक्रमित ४२ वर्षीय एक एसियाली युवाले युनाइटेड अरब इमिरेट्स (यूएई) को अजमनस्थित अल रावडा ब्रिजबाट हाम्फालेर आत्महत्या गरेका छन्।

पुलबाट हाम्फाल्दा उनीसँगै श्रीमती पनि थिइन। बिहीबार राती भएको यो दुःखद घटनामा श्रीमान पुलबाट हाम्फालेपछि श्रीमतीले अपरेशन कक्षमा फोन गरेर जानकारी दिएकी थिइन। श्रीमानको ज्यान बचाउन श्रीमतीले सुरक्षाकर्मीलाई जानकारी दिएपनि उनलाई बचाउन सकिएन।

सोधपुछका क्रममा आत्महत्या गर्ने युवाको श्रीमतीले आफ्नो श्रीमान कोभिड–१९ बाट संक्रमित भएको र पाँच दिनदेखि ‘आइसोलेसन’ मा बसेको जानकारी दिएकी थिइन। उनले क्वारेन्टिनको ‘रिष्ट ब्याण्ड’ पनि लगाएका थिए। श्रीमान एक प्राइभेट कम्पनीमा काम गर्थे।

कोरोनाको बेला बाहिर ननिस्किन श्रीमतीले आग्रह गरेकी थिइन। तर, उनले श्रीमतीलाई गाडीमा राखेर बाहिर निस्किएका थिए। गाडी अल रावडा ब्रिजमा पुगेपछि रोकेको र आफूसँग बिदा माग्दै बालबच्चाको राम्रो हेरविचार गर्न आग्रह गर्दै पुलबाट हाम्फालेको उनले बताइन्।

श्रीमतीले प्रहरीलाई दिएको सूचना अनुसार कोरोना संक्रमणले गर्दा उनी तनावमा थिए। क्वारेन्टिनमा उनले धेरै सोच्न थालेको पनि श्रीमतीले जानकारी दिइन। कोरोनाका कारण जागिर जाने तनाव उनीमा देखिन्थ्यो भने यसबाट परिवारमा पर्नसक्ने आर्थिक समस्याबाट उनी छटपटिएका थिए।



No ads found for this position