बलिउड स्टार सञ्जय दत्त यूएईको गोल्डेन भिसा प्राप्त गर्ने पहिलो भारतीय कलाकार

दुबई। बलिउड स्टार सञ्जय दत्तले युनाईटेड अरब इमिरेट्स (यूएई) को गोल्डेन भिसा प्राप्त गरेका छन्।
उनलाई यूएई सरकारले गोल्डेन भिसाबाट सम्मानित गरेको हो। दत्त यूएईको गोल्डेन भिसा प्राप्त गर्ने पहिलो भारतीय कलाकार हुन्।
उनले यसको जानकारी बुधबार ट्वीट गर्दै दिए। उनले लेखेका छन्, ‘मेजर जर्नेल मोहम्मद अल मारीको उपस्थितिमा यूएईको गोल्डेन भिसा प्राप्त गरेकोमा आफू सम्मानित भएको महसुस गरिरहेको छु।’
उनले फ्लाई दुवइंका हमिद ओबिदालालाई विशेष धन्यवाद दिएका छन्।
यूएई सरकारले विदेशी नागरिकलाई लामो समय स्थायी बसोबासका लागि भिसा दिने उद्देश्यले सन् २०१९ मा गोल्डेन भिसाको अवधारणा अघि सारेको थियो। गोल्डेन भिसाको अवधि ५ र १० वर्षसम्मको हुनेछ भने यसको कार्यकाल आफै थप हुँदै जाने प्रावधान राखिएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर