ओमनमा १८ वर्ष काम गरेका श्याम रातारात भए ‘करोडपति’

ओमनमा १८ वर्ष काम गरेका श्याम रातारात भए ‘करोडपति’

मस्कट। आम नेपाली श्रमिक सरह उनी पनि वैदेशिक रोजगारीका लागि १८ वर्षअघि ओमन आएका थिए।

यसअवधिमा उनले निकै परिश्रम गरे। घर मात्र होइन, जग्गा पनि जोड्न सकेका थिएनन्। तर, अहिले उनी रातारात करोडपति भएका छन्।

मध्यपूर्वको सबैभन्दा प्रतिष्ठ्ति चिट्ठा महरुजको २४ औं लक्की ‘ड्र’ हालै सार्वजनिक भएको छ। यसमा दक्षिण भारतको केरला घर भएका श्यामले १० लाख दिराम जितेका छन्। उनीसँगै इमिरेट्सका सुल्तानले पनि पुरस्कार रकम जितेका हुन्।

तर, रोचक कुरा १८ वर्षदेखि आफ्नो हाडछाला ओमनमा घोटिरहेका श्यामको सफलताले वैदेशिक रोजगारीमा गएका अन्य श्रमिकलाई पनि हौसाएको छ। उनी भन्छन्, ‘मैले यसअघि कहिल्यै जितेको थिइन। यसअघि मेरो नम्बर मिलिरहेका थिएनन्।

त्यसैले यो साता ड्र सार्वजनिक हुँदा वास्ता गरेको थिइन। त्यसैले अहिले दंग परेको छु, मैले जितेको इमेल पाउँदा। यसपछि मात्र मैले अंक मिलाएको थिए। मलाई विश्वास नै लागेन। यसपछि युट्युबबाट ड्रको फुटेज हेरे र निश्चिन्त भए।’

आफू करोडपति भएपछि पहिलो फोन श्रीमतीलाई गरेको उनी सुनाउँछन्। ‘मैले खबर पाउँदा भारतमा राती भइसकेको थियो। फोनको घण्टी सुनेर श्रीमती जागेकी रहेछिन्। उनी निन्द्रामा नै थिइन। त्यसैले मेरो कुरा पत्याइनन्। गफ दिए जस्तो लागेको रहेछ,’ उनले भने।

उनी जितेको पैसाले केरलामा जग्गा किन्ने र घर बनाउने आफ्नो योजना सुनाउँछन्। ‘भविस्यको केही योजना बनाउने छु। केही पैसा आवश्यक परेका मानिसलाई सहयोगमा खर्च गर्ने इच्छा पनि छ,’ उनले भने।