जापानले नेपाली कामदार लैजाने प्रक्रियाअघि बढायो, जुलाइमा परीक्षा तय

जापानले नेपाली कामदार लैजाने प्रक्रियाअघि बढायो, जुलाइमा परीक्षा तय

टोकियो । जापानमा काम खोजिरहेका नेपाली श्रमिकका लागि खुसीको खबर बाहिर आएको छ। जापान सरकारले ‘तोकुतेइ गिनोउ’ अन्तर्गत नेपालबाट कामदार भित्र्याउने अभियानको सुरुवात गर्न लागेको छ। यसका लागि जापान सरकारले खाद्य सेवा उद्योगमा परीक्षा खुला गरेको छ।

भोजनालय व्यवसायका लागि दक्ष जनशक्ति भित्र्याउने अभियानअन्तर्गत परीक्षा हुन लागेको सूचना १० मेमा जारी गरिएको थियो।

प्राविधिक तथा खाद्य उद्योगमा विदेशी कामदार भित्र्याउने संगठन ((OTAFF) ले सार्वजनिक गरेको सूचना अनुसार परीक्षा जुलाइ महिनामा हुनेछ।

नेपालमा परीक्षा दिन चाहने कामदारका लागि मे महिनाको अन्त्यतिर विस्तृत परीक्षा तालिका सार्वजनिक हुनेछ।

सार्वजनिक विवरण अनुसार परीक्षा आगामी ११ जुलाइबाट राजधानी काठमाडौंमा भोजनालयको लागि सीप परीक्षा सुरु हुनेछ।

संगठनले परीक्षाको विस्तृत विवरण यो लिंकमा शेयर गर्ने बताएको छ।

सन् २०२१ मा तोकुतेइ गिनोउ खाद्य सेवा अन्तर्गत विदेशमा हुने परीक्षणलाई प्रोमेट्रिक जापान कम्पनी लिमिटेडले संचालन गर्ने भएको हो।

जस अन्तर्गत नेपालसहित इण्डोनेसिया, फिलिपिन्स, थाईल्याण्ड, कम्बोडियामा पनि तोकुतेइ गिनोउको परीक्षा हुँदैछ।