अन्तर्राष्ट्रिय हवाइ उडान तत्काल नखुल्ने, ३१ मेसम्म लम्बियो

अन्तर्राष्ट्रिय हवाइ उडान तत्काल नखुल्ने, ३१ मेसम्म लम्बियो File Photo

काठमाडौं। नेपालमा फैलिरहेको कोरोना महामारीका कारण सरकारले अन्तर्राष्ट्रिय उडानलाई तत्काल नखोल्ने निर्णय गरेको छ।

सरकारले गत बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार विज्ञप्ती जारी गर्दै ३१ मे अर्थात आगामी जेठ १७ गतेसम्मका लागि उडान बन्द गर्ने निर्णय गरेको हो।

विज्ञप्तीमा भारत र नेपालबीच सातामा दुईपटक हुने नियमित उडानबाहेक अन्य व्यवसायिक उडानमा लगाइएको रोक कायमै रहने बाइएको छ।

‘अर्को सूचना जारी नभएसम्म टिकट विक्री नगर्न र गरेको भए फिर्ता गर्नुहोला,’ सरकारले बिमान कम्पनीसँग आग्रह गरेको छ। निजी एयरलाइन्सले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने छन्।