प्रचण्डको व्यवहार ‘हलो अड्काउने, गोरु चुट्ने’ जस्तै भयो : प्रम ओली

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यवहार ‘हलो अड्काउने, गोरु चुट्ने’ जस्तै भएको आरोप लगाएका छन्।
उनले प्रचण्डलाई अढाई महिनासम्म सरकारप्रति अविश्वासको प्रस्ताव नल्याएर नयाँ सरकारको विकल्प पनि नदिएको र हालको सरकारलाई काम पनि गर्न नदिएको बताए।
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण कानुनी नभएको निर्णय गरेपछि प्रचण्डले आफूविरूद्ध अविश्वासको प्रस्ताव दर्ता नगरेको ओलीको भनाई थियो।
उनले स्थिरताका लागि आफूले विश्वासको मत लिन लागेको बताए। नेकपा माओवादीसँग एकताको प्रयास टुटे पनि आफू सबैभन्दा ठूलो दलको नेता तथा प्रधानमन्त्री भएको बताए।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर