दुबईले सार्वजनिक गर्यो ईद–अल फित्रको विदा

दुबई। दुबई सरकारले ईद–अल–फित्रको बिदा सार्वजनिक गरेको छ । दुबईले त्यहाँको संघीय कर्मचारीहरूको लागि ईद–अल–फित्रको बिदा सार्वजनिक गरेको हो।
दुबई सरकारको मानव संसाधनको संघीय प्राधिकरणका अनुसार उक्त विदा रमाजान २९ देखि साव्बल ३ सम्म दिईनेछ।
यदि रमाजानको अवधि २९ दिनको भएमा कर्मचारीहरुले चार दिनको बिदा पाउने छन् भने रमाजान ३० दिनको भएमा कर्मचारीहरुले पाँच दिनको बिदा पाउने छन् ।
इद–अल–फित्रको बिदा ११ मे देखि सुरु हुनेछ। रमाजान २९ दिनको भएमा १४ मे शुक्रबारसम्म बिदा हुनेछ भने रमदान ३० दिनको भएमा १५ मे शनिबारसम्म विदा हुनेछ।
इस्लाम हरूको पवित्र महिना रमाजानको सुरुवात १३ अप्रिल, मंगलबारदेखि भएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर