कतारको जेलमा रहेका १४ नेपालीले पाए आममाफी
दोहा । कतार सरकारले यहाँको जेलमा रहेका १४ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ ।
कतारका विभिन्न कारागारमा सजाय भोगिरहेका उनीहरुलाई मुस्लिम समुदायको पवित्र महिना रमादानको अवसरमा माफी दिइएको हो।
आममाफी पाएका ती नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गरिने दोहास्थित नेपाली दूतावासले जनाएकाे छ ।
कतारले रमादानको अवसरमा प्रत्येक वर्ष कसूरको प्रकृति हेरेर कैदी बन्दीलाई आममाफी दिँदै आएको छ । यसअघि विभिन्न कसुरमा जेल जीवन बिताइरहेका ८ जना नेपालीलाई कतारले माफी दिएको थियो।
ताजा अपडेट
प्रवास खबर
आमापछि बर्माबाट मैले खोजिरहेका मामा
प्रवास खबर
मानव तस्करीमा संलग्न व्यक्ति पक्राउ
प्रवास खबर