विदेशी नागरिकलाई जापान प्रवेशमा रोक

टोकियो । जापानले नेपाललगायतका विश्वभरबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाएको छ।
जापानको विदेशमन्त्रालयका अनुसार जापानमा कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै यही डिसेम्बर २८ तारिख सोमबारबाट लागू हुने गरी प्रवेशमा रोक लगाइएको हो।
घोषणा अनुसार प्रतिबन्ध नयाँ भिषा वाहकमा लागू हुनेछ । यो नियम डिसेम्वर २८ देखी जनवरी अन्तिमसम्म लागू हुने छ ।
शनिबार जापानको टोकियोमा कोरोनाको नयाँ भेरियन्टका दुई संक्रमित फेला परेका थिए । उनीहरु बेलायत भ्रमणबाट फर्किएका थिए । यसअघि शुक्रबार पनि बेलायतबाट आएका पाँच जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको थियो ।
जापानले कोरोना भाइरस महामारी फैलिएपछि १ सय ५० बढी देशमाथि यसअघि लगाएको यस्तो प्रतिबन्ध गत अक्टोबर महिनाबाट खुकुलो बनाउँदै लगेको थियो ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर