सूर्यदर्शन सहकारी ठगी प्रकरण : रविसहित ७ जनाको बयान सकियाे

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रविसहित ७ जनाको बयान सकियाे File Photo

काठमाडौं। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा भएकाे बयान मंगलबार दिउँसाे सकिएकाे हाे।

लामिछानेसहित डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका रामबहादुर खनाल, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङ, पूर्वसांसद मीना गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र जीबी राईका पार्टनर लिला पछाईंकाे बयान लिइएकाे हाे।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रकाउ परेका उनीहरूविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार अभियोग पत्र दर्ता भएकाे थियाे।

उनीहरुसँगको बयान सकिएसँगै मंगलबार नै थुनछेक बहस हुने बताइएकाे छ।