‘डिआर बिआर अम्बेडकर ब्रदरहुड इन्टरनेशनल अवार्ड’ बाट विष्णु बहादुर विश्वकर्मा सम्मानीत

‘डिआर बिआर अम्बेडकर ब्रदरहुड इन्टरनेशनल अवार्ड’ बाट विष्णु बहादुर विश्वकर्मा सम्मानीत

‘डिआर बिआर अम्बेडकर ब्रदरहुड इन्टरनेशनल अवार्ड’बाट राष्ट्रिय सभा सदस्य विष्णु बहादुर विश्वकर्मा सम्मानीत भएका छन् ।

गत बुधवार भारतमा आयोजित ‘नेशनल विजय दिवस कन्फ्रेन्स २०२४’ को अवसरमा राष्ट्रिय सभा सदस्य विश्वकर्मालाई सम्मानीत गरिएको हो ।

नेपाल र भारतमा बसोबास गर्दै आएका दलित समुदायका अल्पसंख्यक मानिसहरुको आवाजलाई बुलन्द गर्दै उनीहरुको हकहित तथा उत्थानको निमित्त सरोकारवाला निकायको ध्यानाकार्षण गराएको साथै राजनैतिक क्षेत्रबाट समाजमा पु¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।

शान्ति प्रक्रियाका बेला भारतमा बसेर पार्टीको महत्वपूर्ण जिम्मेवारी सम्हालेका सदस्य विश्वकर्माले कालिकोटबाट दलित क्लस्टरमा नियुक्त भएका उनी उपल्लो सदनमा जातीय विभेदविरुद्ध आवाज उठाउँदै आएका छन् । नेकपा (माओवादी केन्द्र)का सक्रिय नेता समेत रहेका उनी शिक्षक हुँदै राजनीतिमा आएका हुन् ।

पार्टीकै दलित मुक्ति मोर्चाको नेतृत्व सम्हालेका विश्वकर्मा हाल माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्य समेत छन् । भूमीगत एवम प्रवासी जीवन समेत विताएका उनले ०६२।०६३ सालको जनआन्दोलनमा नेपालगन्जमा सक्रिय सहभागिता जनाएका थिए ।



No ads found for this position