दक्षिण कोरियामा सक्रिय संक्रमितको संख्या ८ हजार बढी

साैल । दक्षिण कोरियामा बिहिवार ७३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ जना कोरोना संक्रमितको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आज थपिएका संक्रमितसँगै कोरियामा कोरोना संक्रमितको संख्या १ लाख १६ हजार ६६१ पुगेको छ । तीमध्ये १ लाख ६ हजार ४५९ संक्रमित निको भइसकेका छन्।
हाल कोरियामा संक्रिय कोरोना संक्रमितको संख्या ८ हजार ३९४ रहेका छन् । तीमध्ये १२५ संक्रमितको अवस्था गम्भिर रहेको छ।
दक्षिण कोरियामा कोभिड–१९ को संक्रमण फैलिएदेखि हालसम्म ८५ लाख ३७ हजार ५०५ जनामा कोरोना परिक्षण गरिएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर