दरबारमार्गमा शक्ति प्रदर्शन गर्दै एमाले

दरबारमार्गमा शक्ति प्रदर्शन गर्दै एमाले File Photo

काठमाडाैँ। सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आज (शुक्रबार) काठमाडौँ उपत्यकामा शक्ति प्रदर्शन गर्दैछ।

जागरण सभा नाम दिइएको प्रदर्शनमा एक लाख हाराहारी मानिस उतार्ने एमालेको तयारी छ। प्रदर्शनमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सहभागितामा रहने एमालेले जनाएको छ।

वर्तमान सन्दर्भमा जनताका बीचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरूरी भएको भन्दै जनजागरण सभाको आयोजना गर्न लागेको एमालेको भनाइ छ। दरबारमार्गमा हुने सभामा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पाेखरेललगायत नेताहरूले सम्बाेधन गर्ने तयारी छ।

राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न, गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रष्ट पार्न, वर्तमान संयुक्त सरकारले गरेका काम, उपलब्धि र आगामी योजनाकाबारेमा जनतालाई स्पष्ट गर्नलगायत पक्षमा जनमत निर्माण गर्न सभा गर्न लागेको एमालेले जनाको छ।



No ads found for this position