आज कुकुर तिहार र लक्ष्मीपूजा

काठमाडाैँ। तिहारकाे तेस्राे दिन आज एकै दिन कुकुर तिहार र लक्ष्मी पूजा परेकाे छ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो।
त्यसैले आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। बिहान कुकुरलाई मनपर्ने परिकार खान दिएर कुकुर तिहार मनाइँदैछ भने साँझ लक्ष्मी पूजा गरिनेछ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर