नेपाली आकाशमा थाई एयरलाई प्रतिबन्ध

नेपाली आकाशमा थाई एयरलाई प्रतिबन्ध

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाका जहाजहरूलाई नेपाली आकाशमा प्रतिबन्ध लगाएको छ। यो अस्थायी प्रतिबन्ध हो।

अर्को निर्णय नभएसम्मका लागि अब यो कम्पनीका जहाजहरूले नेपालमा नियमित र चार्टर उडानहरू गर्न पाउने छैन।

प्राधिकरणका अनुसार उडान अनुमति नलिएरै थाई एयर एसियाको एउटा जहाज आइतबार काठमाडौं आएको थियो। उक्त जहाजलाई केही समय आकाशमै होल्ड गरिएको थियो। त्यसपछि कम्पनीले माफी मागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण अनुमति दिइएको थियो।

उडानसँगसँगै यो कम्पनीका नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को इजाजतसमेत निलम्बन गरिएको छ।

उक्त जहाज आइतबारदेखि (कात्तिक ११ देखि चैत २४ सम्म) सुरु भएको हिउँदे उडान तालिका अनुसार उडान अनुमति नलिई नेपाल प्रवेश गरेको थियो।



No ads found for this position