नेपाल ब्रिटेन डटकमलाई आचार संहिता पालना गर्न प्रेस काउन्सिलको निर्देशन

नेपाल ब्रिटेन डटकमलाई आचार संहिता पालना गर्न प्रेस काउन्सिलको निर्देशन

लण्डन। नेपाल पत्रकार महासंघ यूकेको लेटर प्याड र लोगो दुरुपयोग गरि भ्रामक समाचार सम्प्रेषण गर्दै आएको अनलाइन ‘नेपाल ब्रिटेन डटकम’ लाई आचार संहिता पालना गर्न र सम्प्रेषित समाचारको खन्डन सम्प्रेषण गरि तीन दिनभित्र जानकारी गराउन प्रेस काउन्सिल नेपालले निर्देशन दिएको छ ।

काउन्सिलले बुधबार बाग्लुङमा दर्ता भइ लण्डनबाट संचालित उक्त अनलाइनले एक पक्षीय समाचार सम्प्रेषण गरेको जनाउंदै आचारसंहिता अनुशरण गर्न सचेत गराएको छ ।

‘पत्रकार तथा संचार माध्यमले सत्य तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने, कसैमाथि भेद्भाव हुने वा घृणा उत्पन्न हुने किसिमबाट समाचार सम्प्रेषण गर्न नहुने, कसैलाई अनुचित लाभ वा हानी पुर्याउने नियत राखी सामग्री सम्प्रेषण गर्न नहुने, सम्बन्धित पक्षको भनाइलाई उचित स्थान दिनुपर्ने, समाचारबाट असर पर्ने व्यक्ति, समुदाय वा संस्थाले पठाएको खण्डन वा प्रतिक्रियालाई स्थान दिनु कर्तव्य हुने’ पत्रकार आचारसंहिताको बारेमा यहाँलाई अवगत नै छ’, पत्रमा काउन्सिलले सचेत गराएको छ।

पत्रकार महासंघ यूकेको नवनिर्वाचित कार्यसमितिबारे तथ्यहीन एवं अनर्गल समाचार सामग्री नियमित सम्प्रेषण गरेपछि शाखाले उक्त समाचारको खण्डन छाप्न पठाएको थियो।

तर शाखाको पत्र बेवास्ता गर्दै उक्त न्यूज पोर्टलले शृंखलाबद्ध रुपमा भ्रामक सामग्री प्रकाशन गरेपछि शाखाले अनलाइनविरुद्द हदै सम्मको कारवाही माग गर्दै गत २ असोजमा काउन्सिलमा उजुरी दिएको थियो।

यसैबीच, २४ सेप्टेम्बर बसेको शाखाको कार्यसमिति बैठकले विधान विपरित काम गरेको भन्दै सदस्य एवं नेपाल ब्रिटेन डटकमका प्रधान सम्पादक देवराज आचार्य (चिरन शर्मा)सँग स्पष्टिकरण सोधेको छ।

नेपाल ब्रिटेन डटकममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण गराउँदै शाखाले पत्रकार महासंघ यूकेको साधारण सदस्यबाट किन निष्काशन नगर्ने भन्ने सम्बन्धमा एक साता समयसीमा तोकेर स्पष्टिकरण सोधेको हो।

15Shares
facebook sharing buttonShare
twitter sharing buttonTweet
messenger sharing buttonShare
whatsapp sharing buttonSha


No ads found for this position