अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट बिक्री गर्दै नेपाल एयरलाइन्स

अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट बिक्री गर्दै नेपाल एयरलाइन्स File Photo

काठमाडौँ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने भएको छ।

निगमले नजिकिएको बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको हो। निगमले अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँ बाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट बिक्री गर्दै आइरहेको थियो।

निगमले भनेको छ- 

नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका टिकटहरु काठमाडौं बाहिर हाल भैरहवा स्थित निगमको कार्यालयबाटमात्र बिक्रिवितरण भइरहेकोमा आगामी बडादशैं, तिहार तथा छठ पर्व जस्ता चाडपर्वको समयमा र सो पश्चात् समेत निरन्तर रहने गरी नेपाल वायुसेवा निगमका उडानहरुबाट यात्रा गर्न सहज रुपमा टिकट प्राप्त होस भनी निगमका विराटनगर, पोखरा र नेपालगञ्ज स्थित कार्यालयहरुबाट समेत वितरण गर्ने व्यवस्था मिलाउन र यसलाई प्रभावकारी रुपमा लागू गर्न सम्बन्धीत विभागीय प्रमुखहरुलाई निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले विशेष निर्देशन दिनुभएको छ।

साथै, यात्रुहरुले आफ्नो मोबाइलबाट वा निगमको वेभ साइटबाट समेत अनलाइन टिकट लिन सकिने व्यवस्था रहेकोमा स्थानीय ठाउँबाट समेत सेवा दिदा सेवाग्राहीले अझ प्रभावकारी ढंगले टिकेटिङ सेवा लिने विश्वास लिइएको छ।



No ads found for this position