इन्जाका महासचिव रिजाल प्रेस काउन्सिल पत्रकारिता पुरस्कारकारबाट सम्मानित

इन्जाका महासचिव रिजाल प्रेस काउन्सिल पत्रकारिता पुरस्कारकारबाट सम्मानित

काठमाडौं। नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) का केन्द्रीय महासचिव दीपक रिजाल सम्मानित भएका छन्।

आइतबार प्रेस काउन्सिल नेपालको ५५ औं वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील रही विशेष योगदान पुर्‍याएका रिजाललाई  राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्‍वी सुब्बा गुरुङले  पुरस्कार राशिसहित सम्मान गरेका हुन्।

रिजाल नेपाल समाचारपत्र दैनिकमा कार्यरत छन्।

सोही अवसरमा सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट प्रेस युनियनका पूर्वअध्यक्ष  बद्री सिग्देल, गाेपालदास स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस इन्स्टिच्यूट र अन्नपूर्ण पाेष्टका प्रधानसम्पादक अखण्ड भण्डारी,  क्रियाशील पत्रकारिता पुरस्कारबाट प्रेस युनियनका महासचिव एवं नागरिक दैनिकका आर्थिक ब्युरो प्रमुख  दिलिप पाैडेल सम्मानित भएका छन्।

 



No ads found for this position