मुस्ताङको थासाङमा हिमपहिरो

काठमाडौं। मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमाथि हिमपहिरो खसेको छ।
शुक्रबार थासाङकाे कोवाङमाथि धौलागिरि आइसफल नजिकै हिमपहिरो खसेकाे जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएकाे छ।
प्रहरीका अनुसार हिमपहिरोले मुलखर्कस्थित बोक्से खोला थुनिएको छ।
धौलागिरि नजिकैकाे मानापाथी हिमश्रंखलाबाट हिमपहिरोले खसेकाे थसाङ–२ वडाध्यक्ष गाैतम शेरचनले जानकारी दिए।
उनका अनुसार थुनिएकाे बोक्से खोला बस्तीबाट टाढा नै रहेकाे छ। तर खोला विस्फाेट भएमा तलमा बस्तीमा असर पुग्ने देखिएकाे छ।
यता जिल्ला प्रशासन कार्यालय मुस्ताङले बोक्से खोलाको तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ।
थसाङ–२ कोवाङ कालीगण्की खोलाको किनारामा अवस्थित वडा हो। यस वडामा थकाली जातजाति सँगै अन्य जातिका मानिसहरू पनि बसोबास गर्दछन्।
कोवाङमा कुल जनसङ्ख्या ६१६ रहेका छन्। यस वडामा १५२ घरधुरी रहेका छन्। यस क्षेत्रमा प्रहरी चाैकी र प्रहरी चेक पाेष्ट रहेकाे छ।