यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खस्यो

यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खस्यो

दमौली। तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ।

प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ। अहिले प्रहरीको उद्धार टोली घटनास्थल पुगेर उद्धार जारी रहेको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।



No ads found for this position