बाइडेन र ट्रम्प टेलिभिजनमा बहस गर्न सहमत

काठमाडौँ। अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपति बहस गर्न सहमत भएका छन्। बाइडेन र ट्रम्पबीच जुन र सेप्टेम्बरमा दुईवटा राष्ट्रपति चुनाव लक्षित बहस हुनेछन्।
पहिलो बहस सिएनएनले पहिलो बहस जर्जिया राज्यमा जुन २७ मा आयोजना गर्ने छ भने दोस्रो बहस एबिसीले सेप्टेम्बर १० मा आयोजना गर्ने छ।
बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई दुईवटा बहसको प्रस्ताव राखेका थिए। ट्रम्पले तुरुन्तै बहसको प्रस्तावलाई स्वीकार गरे। यद्यपि ट्रम्पले दुईको सट्टा तीनवटा बहसको प्रस्ताव राखेका थिए। ट्रम्पले अक्टोबर २ मा फक्स न्यूजमा तेस्रो बहस हुनुपर्ने बताएका थिए।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर