आईसीसी अध्यक्ष र खेलकुदमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अध्यक्ष ग्रेग बार्कलेबीच आज युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा भेटघाट भएको छ।
भेटघाटमा उनीहरुबीच नेपाली क्रिकेटको विकास र अभिवृद्धिबारे विशेष कुराकानी भएको थियो।
नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्वलाई पहिचान गर्दै नेपालको क्रिकेट विकासको प्रयासलाई सहयोग गर्न आईसीसी उत्साहित र प्रतिबद्ध रहेको अध्यक्ष बार्कलेले बताए।
मन्त्री श्रेष्ठले आईसीसीको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तिकरण र राष्ट्रिय गौरवको माध्यमका रूपमा प्रवर्द्धन गर्न मन्त्रालय अडिग रहेकोमा जोड दिए।
अध्यक्ष बार्कले चारदिने नेपाल भ्रमणमा नेपाल आएका हुन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर