नेदरल्याण्डसमाथि नेपालको शानदार जित

नेदरल्याण्डसमाथि नेपालको शानदार जित All Photo : CAN

काठमाडौँ। नेपालले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ।

जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको खेलमा नेपाल ले शनिबार टियु मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्याण्डसलाई ६ विकेटले पराजित गरेको हो।

नेदरल्याण्डसले दिएको १२१ रनको लक्ष्य पछाएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।

May be an image of 2 people and text

नेपालका लागि लागि कप्तान रोहित पौडेलले ४६ रन बनाए भने गुलशन झाले ३८ रन बनाएका थिए।  त्यस्तै कुशल भुर्तलेले १२ र आसिफ सेखले ८ रन बनाएका थिए।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले १९.३ ओभरमा अल आउट हुदै १२० रन बनाएको थियो।

नेदरल्याण्डसका लागि म्याक्स ओ दाउदले सर्बाधिक ३१ रन बनाए भने टिम भान डेर मार्वेले २४ रन बनाएका थिए। त्यस्तै रोएलोफ भान डेर मार्वेले २३ तथा कप्तान स्कट एडवार्डसले १८ रन बनाएका थिए।

May be an image of 1 person, playing soccer and text

त्यसैगरी नेपाली बलर प्रतिस जिसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए। प्रतिसले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिएका हुन। त्यसैगरी करण केसी र कुशल मल्लले २(२ विकेट  लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए।

योसँगै सिरिजमा नेपालले ४ खेलमा दोस्रो जित हासिल गर्दै ४ अंक हासिल गरेको छ।  त्यस्तै नेदरल्याण्डसले ३ खेलमा ४ अंक हासिल गरेको छ। त्यस्तै नामिबियाले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ।

अब आइतबार हुने नामिबिया र नेदरल्याण्डसबीचको खेलपछि मात्र फाइनलमा पुग्ने २ देशको टुंगो लाग्ने भएको छ।

May be an image of 4 people and text



No ads found for this position