नेदरल्याण्डसले नेपाललाई दियो १२१ रनको लक्ष्य

काठमाडौँ। नेदरल्याण्डसले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ।
जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले १९.३ ओभरमा अल आउट हुदै १२० रन बनाएको हो।
नेदरल्याण्डसका लागि म्याक्स ओ दाउदले सर्बाधिक ३१ रन बनाए भने टिम भान डेर मार्वेले २४ रन बनाएका थिए। त्यस्तै रोएलोफ भान डेर मार्वेले २३ तथा कप्तान स्कट एडवार्डसले १८ रन बनाएका थिए।
त्यसैगरी नेपाली बलर प्रतिस जिसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए। प्रतिसले ४ ओबरमा १३ रन दिएर ३ विकेट लिएका हुन। त्यसैगरी करण केसी र कुशल मल्लले २–२ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर