‘सहकारीको पैसा दुरुपयोग गरेको’ भन्दै रवि लामिछानेमाथि आक्रमण

पोखरा। पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि आक्रमण भएको छ।
शनिबार पोखराको अमरसिंहचोकमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्ने क्रममा एक व्यक्तिले उनीमाथि मकैको खोया प्रहार गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार सभामा सहभागी लमजुङ घर भई पोखरामा बस्दै आएका सन्तोष रानाभाटले लामिछानेमाथि खोया प्रहार गरेका हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सम्बोधका क्रममा लामिछानेले सहकारीको विषय उठाएपछि उनले खोया प्रहार गरेका थिए। खोया प्रहारसँगै उनले लामिछानेमाथि सहकारीको पैसा दुरुपयोग गरेको आरोप लगाएका छन्।
आफूमाथि खोया प्रहार भएपनि सम्बोधनलाई निरन्तरता दिएर लामिछाने सभाबाट बाहिरिएका छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर