गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजा। इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या १८ हजार ४०० पुगेको छ।
गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार ४०० नाघेको हो।
पछिल्लोपटक मंगलबार वेस्ट बैंकको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ।