इजरायल आक्रमणमा कम्तीमा ७ नेपाली घाइते

काठमाडौं।प्यालेस्टाइनको विद्रोही समूह हमासले शनिबार बिहान इजरायली भूमिमा गरेको आक्रमणमा त्यहाँका नेपाली पनि घाइते भएका छन्।
शनिबार बिहान हमासले इजरायलतर्फ हजरौं रकेट आक्रमण गरेको थियो। आक्रमणपछि सुरक्षाका लागि बङ्करमा छिरेका समूहमाथि बन्दुकधारीले आक्रमण गरेका थिए।
त्यही बंकरमा रहेका कम्तीमा सात जना नेपाली घाइते भएको अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दीपक प्रसाद वलीले जानकारी दिए। उनी आफैले त्यहाँ रहेका नेपालीसँग सम्पर्क गरेका थिए।
उनका अनुसार ती नेपाली फायर वेस्टर्न युनिर्भसिटीमा कृषि विषय अध्ययन गर्न त्यहाँ पुगेका हुन्।
रकेट आक्रमणसँगै सुरक्षा साइरन बजेपछि नेपाली विद्यार्थी बंकरमा छिरेका थिए।
‘घाइते भएका केही विद्यार्थीसँग भर्खरै मेरो सम्पर्क भएको थियो। उहाँहरू निकै आत्तिनु भएको थियो। सबै कुरा अझै आएको छैन। ७ जना विद्यार्थी घाइते भएको भन्ने छ। हामी दूतावासँग समन्वय गरिरहेका छौँ,’ उनले भने।
वली एनआरएनए इजरायलका पूर्व अध्यक्षसमेत हुन्।
घाइते भएका विद्यार्थीहरू एक वर्षअघि कृषि विषय अध्ययनका लागि त्यहाँ पुगेका थिए।
केही विद्यार्थीको अवस्था गम्भिर हुनसक्ने पनि वलीले बताए।
त्यहाँका नेपालीका बारेमा तेल अविवस्थित नेपाली दूतावासले आधिकारिक जानकारी दिएको छैन। तर, उसले नेपालीलाई सम्पर्कमा आउन अपिल भने गरेको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै दूतावासले त्यहाँ रहेका नेपाली समुदायलाई स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्न र आफू पनि सुरक्षित रहन अपिल गरेको छ।
यस्तो छ दूतावासको अपिल-