आरके शर्माले आफू निकटका उम्मेदवारलाई दोहा उतारे

आरके शर्माले आफू निकटका उम्मेदवारलाई दोहा उतारे

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी राजेन्द्र कुमार शर्मा (आरके) ले आज औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्दैछन्।

कतारको राजधानी दोहास्थित चारतारे होटल  र्‍याडीसन ब्लुमा उनले उम्मेदवारीसभा आयोजना गरेका छन्।

शर्माले आफ्ना २४ बुँदे चुनावी बाचापत्र सार्वजानिक गर्दैछन्।

शर्माले आफू निकटका उम्मेदवारलाई समेत दोहा बोलाएका छन्।

उनकै टीमबाट उपाध्यक्ष पदमा चुनाव लड्ने तयारीमा रहेका मलेसियाका खगेन्द्र न्यौपाने, जापानका रोविन्द श्रेष्ठ (गोविन्द), साउदी अरबकी यासमिन बेगमलगायतका उम्मेदवार दोहा पुगेका छन्।

यस्तै, सचिव पदका प्रत्यासी जापानका टंक गैरे, यूएईका मनोज श्रेष्ठ, कोषाध्यक्ष पदका उम्मेदवार ठाकुर ढुंगानालाई पनि दोहा बोलाएका छन्।

शर्माले मध्यपूर्वको एकता देखाउन मध्यपूर्वी मुलुकमा रहेका एनसीसीका अध्यक्षलाई पनि दोहा बोलाएका छन्।



No ads found for this position