युरोपका आचार्यले एनआरएनए उपाध्यक्षमा पुन: उम्मेदवारी दिने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष नारायण आचार्यले आउँदो कार्यकालका लागि पनि सोही पदमै उम्मेदवारी दिने भएका छन्।
नेदरल्याण्ड निवासी आचार्यले एघारौं महाधिवेशनमा उपाध्यक्ष पदमै उम्मेदवारी दिने घोषणा गरेका हुन्।
‘साझा, सक्षम, पारदर्शी एवं सवल एनआरएनए’ बनाउने एजेण्डासहित उनी चुनावी मैदानमा होमिने भएका छन्।
आचार्य एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय छन्।
उनीसँग एनसीसी नेदरल्याण्डको अध्यक्ष भएर काम गरेको अनुभव छ।
नेदरल्याण्डको नेतृत्व गरेपछि उनी आइसीसी सदस्य बनेका थिए।
आचार्यले सन् २०१९–०२१ कार्यकालमा युरोप क्षेत्रको नेतृत्व गरेका थिए।
आन्तरिक खिचातानिलाई अन्त्य गरी एनआरएनएलाई साझा घर बनाउन आफूले पहल गर्ने उनले बताए।
‘गैरआवासीय नेपाली संघभित्र केहि वर्षदेखि देखापरेको आन्तरिक खिचातानी तथा असम्झदारीलाई अन्त गरी विदेशमा रहेका हामी सबैले एनआरएनएलाई आफ्नो साझा घर र सम्पूर्ण प्रवासी नेपालीहरुलाई आफ्नो साझा परिवार सम्झन सक्ने वातावरणको निर्माण गर्नुपर्ने अहिलेको आवस्यकता हो,’ उनको भनेका छन्, ‘हाम्रा सामू देखिएका विभिन्न चुनौतीहरूलाई सामना गर्दै सबै गैरआवासीय नेपालीहरूको साझा, सक्षम, पारदर्शी एवं सवल एनआरएनए बनाउने अभियानलाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आगामी महाधिबेशनमा आफू उपाध्यक्ष पदमा उम्मेदवार बन्ने निर्णयमा पुगेको छु।’
ताजा अपडेट
