जापानबाटै कोरिया पुगे एनआरएनए अध्यक्ष डा. केसी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष डा. बद्री केसी जापानको भम्रण सकाएर उतैबाट दक्षिण कोरिया निस्किएका छन्।
उनलाई इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरियाका अध्यक्ष बुद्धि गुरुङ र आइसीसी सहकोषाध्यक्ष यज्ञराज सुवेदीले स्वागत गरेका थिए।
डा.केसीले कोरियाका नेपालीसँग छलफल गर्ने बताइएको छ।
डा. केसीले आगामी निर्वाचनमा अध्यक्ष पदमै उम्मेदवारी दिदैँछन्।
डा. केसीले एक हप्ता जापानमा बिताए। जापान बसाइका क्रममा उनले विभिन्न शहरमा बस्ने नेपालीसँग अन्तरक्रिया गरेका थिए।
डा. केसी कोरियाबाट मलेसिया जाने तालिका छ। मलेसियापछि मध्यपूर्वका यूएईलगायतका देशमा जाने उनको योजना छ।
डा. केसीको भम्रणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। आउँदो अक्टोबरमा संघको एघारौंं अन्तर्राष्ट्रिय महाधिवेशन हुँदैछ।
डा. केसीसँगै युवा उपाध्यक्ष रोशन थापा पनि कोरिया पुगेका छन्। थापाले पनि आउँदो चुनावमा युवा उपाध्यक्ष पदमै उम्मेदवारी दिने तयारी गरेका छन्।
यस्तै, सहकोषाध्यक्षका प्रत्यासी ददिवल खड्का र एसिया प्यासिफिक क्षेत्रीय संयोजकका प्रत्यासी शिव प्रसाद पौडेल पनि डा. केसीसँगै एसिया भम्रणमा निस्किएका छन्।
थापा, खड्का र पौडेल तीनै जना डा. केसीको टीमबाट चुनाव लड्दैछन्।
ताजा अपडेट
