एनआरएनए उपाध्यक्षमा मध्यपूर्वबाट सुदिप कार्कीले उम्मदेवारी दिने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा मध्यपूर्वबाट सुदिप कार्कीले उम्मेदवारी दिने भएका छन्।
आउँदो कार्यकालका लागि आफ्नो उपाध्यक्ष पदमा उम्मेदवारी रहने कार्कीले प्रवास खबरलाई बताए।
कार्की लामो समयदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा बस्दै आएका छन्।
उनले एनआरएनए यूएईको २०१५–०१७ कार्यकालको सफलतापूर्वक नेतृत्व गरेका थिए।
एनआरएनए यूएईको अध्यक्ष बन्ने बेला उनी ३० वर्षका मात्र थिए।
मध्यपूर्वी तथा एसियाली मुलुकमा कार्यरत नेपाली श्रमिकका मुद्दालाई प्रमुख एजेण्डा बनाउँदै उपाध्यक्षमा उम्मेदवारी दिने उनकोे तयारी छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर