प्रवासमा नेपाली चलचित्र प्रर्वद्धनमा सहयोग पुर्‍याएका ढुंगाना सम्मानित

प्रवासमा नेपाली चलचित्र प्रर्वद्धनमा सहयोग पुर्‍याएका ढुंगाना सम्मानित

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका निर्वतमान अध्यक्ष ठाकुर प्रसाद ढुंगानालाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ।

बोर्डले प्रवासमा नेपाली चलचित्र प्रर्वद्धन गर्न सहयोग पुर्‍याएकाले ढुंगानालाई सम्मान गरेको हो।

राजधानीमा आयोजित एक विशेष समारोहमा ढुंगाना सम्मानित भएका हुन्।

नेपाली चलचित्र र कलाकारिताको क्षेत्रमा विशेष योगदान पु र्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजना गरिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ बाट ढुंगानासहित ३७ जना सम्मानित भएका हुन्।

ढुंगाना एनआरएनए यूएईमा अहिले संरक्षकको जिम्मेवारीमा छन्। आउँदो कार्यकालका लागि उनले केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

लामो समयदेखि यूएईमा व्यवसाय गरिरहेका उनी समाजसेवामा समेत उत्तिकै क्रियासिल छन्।

 



No ads found for this position