कतारमा श्रमसम्बन्धी समस्याका उजुरी कहाँ र कसरी गर्ने ?

कतारमा श्रमसम्बन्धी समस्याका उजुरी कहाँ र कसरी गर्ने ?

दाेहा। वैदेशिक रोजगारीका लागि कतारमा रहेका आप्रवासी कामदारका लागि कतार सरकार तथा श्रमिक मन्त्रालयले नीति नियम तथा कानुन फराकिलो  तथा श्रमिक मैत्री बनाउदै लागेको छ।

श्रम गरिरहँदा आफू विभिन्न तरिकाबाट श्रमिकले पाउनु पर्ने अधिकारबाट वञ्चित हुनु परेको अवस्थामा कहाँ कसरी गुनासो गर्ने भन्ने समस्यामा श्रमिकहरूमा पर्ने गरेको पाइएको छ।

कतारमा रहेका श्रमिकहरूका लागि केही श्रमसम्बन्धी गुनासो वा उजुरी दर्ता गराउने तरिका यस्तो छ :-

१. व्यक्तिगत उजुरी दर्ता

तपाईँ कामदार वा कर्मचारी हो भने अल खोर (पुरुषका लागि मात्र), इन्डस्ट्रियल एरिया (पुरुषका लागि मात्र) वा अल हुँदा टावर (महिलाका लागि मात्र) स्थित श्रम मन्त्रालयको कार्यालयमा पुगेर व्यक्तिगत रूपमा गुनासो पेस गर्न सक्नुहुन्छ।

उजुरी वा गुनासो पेस गर्दा आफूमाथि दुर्व्यवहार भएको वा नियम उल्लङ्घन भएको प्रमाण हुनुपर्छ। अल खोर र इन्डस्ट्रियल एरियाको कार्यालय समय आइतबारदेखि बिहीबारसम्म बिहान ७:३० देखि अपराह्न १२: ३० सम्म रहेको छ भने अल हुँदा टावरको कार्यालय समय आइतबारदेखि बिहीबारसम्म बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म रहेको छ।

२. अनलाइनबाट गुनासो पेस

आमिर्नी मोबाइल एपबाट गुनासो पेस गर सकिन्छ। यसका लागि तपाईँले आफ्नो गुनासो आमिर्नी एपमा उपलब्ध विभिन्न ३३ भाषामा मार्फत गर्न सक्नुहुनेछ।

३. युनिफाइड प्लेटफर्म फर कम्प्लेन्ट्स एन्ड ह्विसलब्लोअर्समा गुनासो दर्ता

श्रम मन्त्रालयले २४ मे २०२१ मा युनिफाइड प्लेटफर्म फर कम्प्लेन्ट्स एन्ड ह्विसलब्लोअर्सको पहिलो चरण सुरु गरेको थियो।

उक्त विद्युतीय प्लेटफर्म मार्फत नागरिक, आप्रवासी र प्रतिष्ठानहरूले सन् २०१४ को कतारको श्रम ऐन नम्बर १४ र सन् २०१७ को कानुन नम्बर १५ द्वारा घोषित घरेलु कामदार कानुन अन्तर्गतका निकाय र उक्त मन्त्रालयले व्यवसाय नियमन गर्ने निकाय विरुद्धको उजुरी वा गुनासो पेस गर्न सकिन्छ।

४. श्रम विवाद समाधान समितिहरू (लेबर डिस्प्युट स्टेटमेन्ट कमिटिज) मा गुनासो पेस गर्ने।

श्रम विवाद समाधान समिति न्यायमा कामदार तथा कर्मचारीको पहुँच सुधारको लागि सञ्चालन गरिएको हो। कामदार र रोजगारदाता बिचको विवाद मन्त्रालयमा पेस भए पछि  उक्त समस्या सौहार्दपूर्ण रूपमा समाधान गर्न आवश्यक कदम चाल्छ र सात दिनभित्र उक्त विवादको जाँच गरे गर्दछ । जाँच पश्चात् कमिटीले दुवै पक्ष बिच मध्यस्थता गर्दछ र ३ हप्ता भित्र लागु हुने गरी निर्णय जारी गर्ने गर्दछ l उक्त गुनासोहरू मन्त्रालयमा नियमित भेटघाट गर्ने कामदारका प्रतिनिधिमार्फत पनि पेस गर्न सकिन्छ। विस्तृत जानकारीका लागि:

एसएमएस: ९२७२७

हेल्पलाइनः १६००८

इमेल: LBR-Complaints@adlsa,gova.qa

नोट: तपाईँले आफ्नो उजुरीको अवस्था यहाँबाट थाहा पाउन सक्नुहुन्छ।  https://e.adlsa.gov.qa/LaborComplaint/Default.aspx

५-नेसनल ह्युम्यान राइट्स कमिटी (एनएचआरसी) मार्फत श्रम सम्बन्धी उजुरी:

नेसनल ह्युम्यान राइट्स कमिटी (एनएचआरसी) को लक्ष्य कतार राज्यको क्षेत्राधिकारभित्र पर्ने प्रत्येक नागरिक, बासिन्दा तथा कतार भएर अर्को मुलुक जाने यात्रु को मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्नु हो। कसैलाई आफ्नो श्रम अधिकार हनन वा उल्लङ्घन भएको महसुस भएमा उनीहरूले आवश्यक कारबाहीका लागि एनएचआरसीमा उजुरी पेस गर्न सक्छन्।

एनएचआरसीमा व्यक्तिगत रूपमा उजुरी दिन अनलाइनबाट फारम प्रिन्ट https://www.nhrc-qa.org/public/en/new-ticket-form  गरेर या आफैँ अफिसमा गएर बुझाउन सकिन्छ। त्यसका लागि आफ्नो पासपोर्ट, फोन नम्बर, इमेल र ठेगाना सहितको विवरण उपलब्ध गराउनु पर्दछ।

कतारी नागरिकको हकमा आफ्नो परिचयपत्रको प्रतिलिपि सहित तपाईँको गुनासो वा उजुरीलाई सहयोग पुग्ने अन्य कागजात संलग्न गर्नु पर्ने हुन्छ।

(https://www.nhrc-qa.org/public/profile/register) एनएचआरसीको [email protected] मा इमेल र +९७४-४४४४४०१३  नम्बरमा फ्याक्स मार्फत समेत गुनासा तथा उजुरी गर्न सकिन्छ।

६. कतारमा रहेका आफ्ना दूतावास  वा कन्सुलेट कार्यालय मार्फत गुनासो पेस गर्नुहोस्

तपाईँले आफ्नो देशको राजदूतावासमार्फत पनि गुनासो वा उजुरी पेस गर्न सक्नुहुन्छ। यस्ता किसिमका उजुरी आएपछि अधिकांश राजदूतावासहरू आफैँ सक्रिय हुन्छन् र उनीहरूले उजुरीकर्तालाई सहयोग गर्छन्। आफ्नो गुनासो अथवा उजुरीको अवस्था थाहा पाउन श्रम मन्त्रालयको वेभ साइट जानकारी लिन सकिन्छ। यसका लागि http://e.adlsa.gov.qa/LaborComplaint/Default.aspx मा गई आफ्नो रोजगारदाताको आइडी नम्बर हालेर उजुरी नम्बर र वर्ष रोजी सर्च बटनमा क्लिक गरी हेर्न सकिन्छ। साथै आफ्नो गुनासो अथवा उजुरीको अवस्था आमिर्नी एपबाट पनि थाहा पाउन सकिन्छ।

श्रम कानुन र कामदारका अधिकार थाहा पाउन गभर्मेन्ट कम्युनिकेसन अफिस (जीसीओ) अर्थात् सरकारको सञ्चार कार्यालयले श्रम मन्त्रालयसँगको सहकार्यमा रोजगारदाता र कामदारलाई कतारको श्रम कानुन र नियमबारे स्पष्टीकरण दिन स्वचालित ह्वाट्सएप +९७४६००६०६०१ बाट समेत लिन सकिन्छ l यसले रोजगारदाता र आप्रवासी कामदारलाई उनीहरूको अधिकार, कतार भिसा सेन्टरबारेको अद्यावधिक र भरपर्दो सूचनाका लागि विश्वसनीय मानिन्छ । यसले श्रम कानुनबारे बारम्बार सोधिने अधिकांश प्रश्नको जवाफ पनि दिने गर्दछ ।

सेवाको विवरण:

नागरिक, आप्रवासी र रोजगारदाताले युनिफाइड प्लेटफर्म फर कम्प्लेन्टस् एन्ड ह्विसलब्लोअरमार्फत श्रम कानुन घोषणासम्बन्धी सन् २००४ को कानुन नम्बर (१४) र घरेलु कामदारसम्बन्धी सन् २०१७ को कानुन नम्बर (१५) को क्षेत्राधिकार वा श्रम मन्त्रालयद्वारा नियमन गरिने व्यवसाय गर्ने निकायविरुद्ध श्रम मन्त्रालयमा गुनासो वा उजुरी दिन सक्छन्।

घरेलु कामदारले रोजगारदाता वा निजी क्षेत्रका कर्मचारी (कतारी होस् वा गैर कतारी), प्रतिष्ठानहरू विरुद्ध उजुरी दिन सक्छन्। यो सेवा सबै पुराना गुनासा वा उजुरी हेर्न, चालू अवस्थाको उजुरीको अवस्था थाहा पाउन, ‘जो जससँग सम्बन्धित छ’ प्रमाणपत्र प्रिन्ट गर्न र कसैको व्यक्तिगत प्रोफाइल हेर्नको लागि पनि उपयोग गर्न सकिन्छ।

श्रमिकका लागि केही सम्पर्क विवरण

Labour Relation Department. १६५०५ . [email protected].

Labour Inspection Department. १६५०५. [email protected].

Work Permit Department.१६५०.   [email protected].

Labor Dispute Department. १६५०५. [email protected].

Hotline.१६५० – ४४०६८९७९

General Inquiries.

 [email protected].

E-services. [email protected].

(प्रोफेसर मियाँ राष्ट्रिय मानव अधिकार आयोग कतारमा कार्यरत छन्।)



No ads found for this position