भारतको ओडिशामा भयानक रेल दुर्घटना, २ सय ३३ जनाको मृत्यु

काठमाडाैं।भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सय ३३ जनाको मृत्यु भएको छ।
चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठाेक्किदा भयानक दुर्घटना भएकाे भारतीय समाचार एजेन्सी पीटीआई जनाएकाे छ। बालासोरको बहांगा बजार स्टेसन नजिकै साँझ ७ बजेतिर दुर्घटना भएको थियो।
दुर्घटनामा परेर ९ सय बढी यात्रु घाइते भएका छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर