टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु

अङ्कारा। टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु भएको छ। वर्तमान राष्ट्रपति रेसेप तैयिप एर्डोगान र उनका प्रमुख प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लु राष्ट्रपतिका प्रत्यासी छन्।
गत वैशाख ३१ गते भएको राष्ट्रपति र संसदीय निर्वाचनमा करिब पाँच करोड ४० लाख अर्थात् ८६.९८ प्रतिशतले नागरिकले मतदान गरेका थिए। उक्त निर्वाचनमा मतदाताको उत्साहप्रद सहभागिता रहेको थियो। हालै १८ वर्ष पुगेका करिब ५० हजार नयाँ मतदाताको चुनावमा पहिलोपटक आफ्नो मताधिकार प्रयोग गरेका थिए।
पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति एर्दोगानले ४९.५२ प्रतिशत मत प्राप्त गरेका थिए भने किलिचदारोग्लुले ४४।८८ प्रतिशत मत प्राप्त गरेका थिए।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर