एक बोरा सिक्काले एउटा स्कुटी !

एक बोरा सिक्काले एउटा स्कुटी !

गुवाहाटी। यहाँको बोरागाउँ क्षेत्रका एक जना बासिन्दाले एक बोरा सिक्काले एउटा स्कुटी खरिद गरेका छन्। सानो पसल सञ्चालन गर्दै आएका मोहम्मद सैदुल हकले विगत छ वर्षदेखि रु १, २, ५ र १० का सिक्का जम्मा गरेर नयाँ स्कुटी खरिद गरेका हुन्।

अर्थाभावका कारण स्कुटी किन्न नसेकेका हकले लामो समयदेखिको आफ्नो सपना साकार पार्न सिक्का सङ्कलन थालेका थिए। उनको यो प्रयासलाई प्रेरणादायी अभ्यास भन्दै स्कुटी शोरूमका बिक्रेता मनिष पोद्दारले हकलाई यसैगरी एक दिन चारपाङ्ग्रे सवारी साधनप्रयोग गर्ने अवस्थामा पुर्याउने  बताएका छन्।

एक बोरा सिक्का लिएर शोरूममा आएका हकलाई देख्दा प्रारम्भमा आश्चर्य मानेका ती बिक्रेताले बोराका सिक्का गन्दा रु ९० हजार रहेछ। बिक्रेताले हकको चाहनाअनुसारको स्कुटी उनलाई हस्तान्तरण गरे। एक बोरा सिक्का जम्मा गरेर स्कुटी किन्न सकेकामा हर्षित उनले आफ्नो सपना पूरा भएको बताएका छन्।

पोद्दारले बोरामा सिक्का बोकेर आएका हक र उनले आफ्नो पसलबाट स्कुटी खरिद गरेको समाचार स्थानीय टेलिभिजनमा देख्दा तथा पत्रपत्रिकामा पढ्दा आफूलाई ज्यादै खुशी लागेको एएनआई संवाददातालाई बताएका छन्।