मेस्सी बने फिफा वर्ष खेलाडी

काठमाडौं। अर्जेन्टिनी फुटबल टिमका कप्तान लियोनल मेस्सी यस वर्षको फिफा प्लयेर अफ द इयर (वर्ष खेलाडी) बनेका छन।
फिफाले सोमबार राति गरेको ‘फिफा दि बेस्ट अवार्ड’ २०२२ अन्तर्गत मेस्सीले पुरुषतर्फ उक्त अवार्ड हासिल गरेका हुन्। उनी फ्रान्सका केलियन एमबाप्पे र करिम बेन्जिमालाई पछि पार्दै सो अवार्ड हात पार्न सफल भए।
मेस्सीले अर्जेन्टिनालाई आफ्नो कप्तानीमा कतार विश्वकपको उपाधि दिलाएका थिए।
त्यस्तै र्जेन्टिनाकै प्रशिक्षण लियोनल स्कालोनी यस वर्षको उत्कृष्ट पुरूष प्रशिक्षकको अवार्ड तथा गोलरक्षक एमिलियानो मार्टिनेज यसवर्षको उत्कृष्ट पुरुष गोलकिपरको अवार्ड हासिल गरेका छन्।
३० वर्षीय मार्टिनेजले फाइनलमा फ्रान्सविरुद्धको शुटआउट जितसहित चार पेनाल्टी बचाएर आफ्नो देशलाई विश्वकप जिताउन मद्दत गरेकी थिए। भने, लियोनल स्कालोनीले पेप ग्वार्डिओला र रियल म्याड्रिडका च्याम्पियन्स लिग विजेता प्रशिक्षक कार्लो एन्सेलोटीलाई पछि पारेर उक्त अवार्ड हात पारेका हुन्।
यस्तो छ, विजेताहरुको सूची :
उत्कृष्ट पुरुष खेलाडीः लियोनल मेस्सी
उत्कृष्ट महिला खेलाडीः एलेक्सिया पुटेलास
उत्कृष्ट पुरुष गोलकिपरः इमिलियानो मार्टिनेज
उत्कृष्ट महिला गोलकिपरः मेरी इयरप्स
उत्कृष्ट पुरुष प्रशिक्षकः लियोनेल स्कालोनी
उत्कृष्ट महिला प्रशिक्षकः सरिना विग्म्यान
सर्वश्रेष्ठ पुस्कास अवार्डः मार्कीन र्ओलेक्सी
उत्कृष्ट फ्यान अवार्डः अर्जेन्टिना फ्यान
उत्कृष्ट फेयर प्ले अवार्डः लुका लोचोसभली
ताजा अपडेट
