नेपालको सनसनी प्रदर्शन, दर्शकको हुटिङले गुञ्जियो त्रिवि मैदान

नेपालको सनसनी प्रदर्शन, दर्शकको हुटिङले गुञ्जियो त्रिवि मैदान

काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र नामिबियाबीच प्रतिस्पर्धा जारी छ। एकदिवसीय प्रतियोगिताअन्तर्गतको खेलमा नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याइरहेको नेपालले सनसनीपूर्ण प्रदर्शन गरिरहेको छ। नेपालले हालसम्म ३१.२ ओभरमा १ सय ६९ रन बनाएको छ। नेपालका ३ खेलाडी आउट भएका छन्। मध्यमस्तरको प्रदर्शन प्रदर्शन गरिरहेको नेपाललाई समर्थकले बलियो साथ दिएका छन्।



No ads found for this position