स्कटल्याण्डमाथि नेपालका शानदार जित

स्कटल्याण्डमाथि नेपालका शानदार जित

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले स्कटल्याण्डमाथि शानदार जित हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको हो। स्कटल्याण्डले दिएको २७५ रनको चुनौती नेपालले नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्याएको हो।

दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले स्कटल्याण्डमाथि विजयी हासिल गरेको हो।

दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाउँदा कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभरको समाप्तिमा ९ विकेट खर्चिएर २७४ रन जोडेको थियो।

स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे।

नेपालका लागि सन्दीप लामिछानेले ३,  कुशल मल्लले २,  सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १- विकेट लिए ।



No ads found for this position