राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

काठमाडौं। राष्ट्रियसभा उपाध्यक्षमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन्।
सोमबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
आइतबार भएको मनोनयन दर्ता प्रक्रियामा उनको मात्र उम्मेदवारी परेको थियो। सत्तारुढ गठबन्धनले अर्याललाई उठाउँदा कांग्रेसले पनि उनैलाई समर्थन गर्ने निर्णय गरेको थियो। जस कारण अर्यालको प्रतिस्पर्धीको रुपमा कसैको उम्मेदवारी नपरेको हो।