सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन्।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले फरार सूचीमा रहेका सांसद चौधरीलाई आज दिउँसो २ बजे कैलाली टीकापुरबाट पक्राउ गरिएको जानकारी दिए।

कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई शुक्रबार धनगढी जिल्ला अदालत बुझाउने तयारी रहेको प्रवक्ता पोखरेलको भनाइ छ।

सांसद चौधरीसहित तीन जनाविरुद्ध आगजनीको मुद्दामा कैलाली जिल्ला अदालतबाट ६ महिना कैद फैसला भएको थियो।



No ads found for this position