बाजुरा केन्द्रविन्दु भएर ५‍.९ म्याग्निच्युडको भूकम्प

बाजुरा केन्द्रविन्दु भएर ५‍.९ म्याग्निच्युडको भूकम्प

धनगढी। सुदूरपश्चिमको बाजुरा जिल्ला केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको मेला क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

भूकम्पका कारण बाजुरा, बझाङ लगायत पहाडी जिल्लाका घरहरु भत्किएका छन्।

तर, क्षतिको एकीन विवरण भने आइसकेको छैन।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जिल्ला सदरमुकाममा रहेको कृषि ज्ञान केन्द्रको लगायत दर्जन बढी आवासीय घरमा भूकम्पले क्षति पुर्‍याएको छ।

केही घर भत्किएका छन्, भने केही घर चर्किएका छन्।

भुकम्पबाट मानवीय क्षतिको विवरण भने प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराले केहि स्थानमा घर भत्किएको खबर प्राप्त भएको जनाएको छ।

सुदूरपश्चिममा सोमबार रातिदेखि बर्षासँगै पहाडी जिल्लामा हिमपातसमेत भएको छ।



No ads found for this position