गृहमन्त्री लामिछानेले गरे राहदानी विभागको अनुगमन

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन्। उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन्।
राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन्। गृहमन्त्री लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहान राहदानी विभागको अनुगमन गर्न निर्देशन दिएका थिए।
उनी संचारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्तीबारे पटक पटक आवाज उठाउँदै आएका थिए।
सोमबार बसेको मन्त्री परिषद् बैठकले राहदानी विभागको समस्या समाधान गर्ने निर्णय गरेको थियो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर