टुट्यो गठबन्धन!

टुट्यो गठबन्धन!

काठमाडौं। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन टुटेको बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले यस्तो बताएका हुन्।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन तोडेर गएको बताए।

‘प्रचण्डले गठबन्धन तोडेर जानुभयो। गठबन्धन कायम राख्नुपथ्र्यो। अब हाम्रो हातमा केही बाँकी रहेन। सरकार हाम्रो हातबाट बाहिर गयो। अब गठबन्धन टुट्यो। हामी छलफलमा बस्दैनौं भनेर प्रचण्ड बाहिरिनुभयो,’ पौडेलले भने।

कांग्रेसले गठबन्धन बचाउन अन्तिम प्रयत्न गरे पनि प्रचण्डले ‘गठबन्धनको औचित्य समाप्त’ भएको भनेर निस्किएको पौडेलले बताए।

माओवादी केन्द्रका एक सांसदले औपचारिक घोषणा नभए पनि गठबन्धन टुटेको बताए।

यस्तै नेकपा९एकीकृत समाजवादी० का सम्मानित नेता झलनाथ खनालले पनि सत्ता गठबन्धनको औचित्य समाप्त भएको बताएका छन्।

नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच विवाद रहेको छ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकारको पहिलो कार्यकालका लागि आफूले नेतृत्व गर्न चाहेका छन् भने त्यही अडान प्रचण्डले पनि राखेका छन्।

दुवै नेता आ–आफ्नो अडानबाट पछि नहटेपछि सत्ता गठबन्धनमा खटपट भएको हो।