मेस्सीको विश्वकपको ग्यालरी अहिलेसम्म धेरै मन पराइएकाे पोस्ट

मेस्सीको विश्वकपको ग्यालरी अहिलेसम्म धेरै मन पराइएकाे पोस्ट

व्युनोस आर्यस। अर्जेन्टिनाले विश्वकप जितेको खुसीयाली मनाउँदै गरेको लियोनल मेस्सीको ग्यालरी अहिलेसम्मकै सबैभन्दा धेरै मन पराइएको इन्स्टाग्राम पोस्ट भएको छ।

यसलाई पोस्ट गरेको ६ घण्टापछि मेस्सीले साढे ६ करोड भन्दा बढी लाइक प्राप्त गरे र लाइक गर्नेको संख्या निरन्तर बढिरहेको छ।

कतारमा आइतबार भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले विश्वकप जितेको हो। मेस्सीको इन्स्टाग्राम पोस्टले अघिल्लो रेकर्ड–ब्रेकिंग पोस्टको तुलनामा लाखौं बढी लाइक प्राप्त गरेको हो।

 



No ads found for this position